केराको फोहरबाट बजारयोग्य उत्पादनसम्बन्धी तालिम

December 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर २५ – नेपाल बायोटेक्नोलोजी सोसाइटी (बिएसएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन)को प्राविधिक सहयोग तथा युएनडिपी नेपाल र रत्ननगर नगरपालिकाको सहयोगमा ‘नेचर बेस्ड इन्टरप्राइजेज थ्रु केरा प्रोडक्ट’ कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक सम्भाव्यताको अन्वेषण, दिगो उत्पादन र उद्यमहरूलाई प्रवद्र्धन गर्ने र हरित रोजगारीमार्फत स्थानीय समुदायहरूलाई आयआर्जनका अवसरहरू प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बिएसएन)का अध्यक्ष नवीननारायण मुनकर्मीको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजकमा नवीननारायण मुननकर्मी, प्राविधिक संयोजक विकास गुरूङ, क्षेत्रीय संयोजक अञ्जिला पाल, आयोजना सहायक अस्मिता सापकोटा, क्षेत्र सहायक सोना पोखरेल र आर्थिक सहयोगीमा सजिता गुरूङ रहेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको सहजीकरण गर्दै ओमकार जैसवालले चितवनमा एक हजार ५०३ हेक्टरमा केरा खेती गरिँदै आएको र यसका डाँठ, पात र थामबाट फाइबर, डोरी, धागो, सेनेटरी प्याड, हस्तशिल्प र जैविक मलजस्ता उत्पादन गर्न सकिने जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

केराको फोहरबाट पर्यावरणमैत्री, बजारयोग्य उत्पादनहरूमा रूपान्तरण गर्न स्थानीय किसानहरूलाई शिक्षित गराउन सो कार्यक्रम गरिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -