रत्ननगर, मंसिर २४- रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (साेमवार) भएको खेलमा बागमती फुटबल क्लब विजयी भएको छ ।
अभिषेक चर्ज रजहरलाई २-० गोल गोल अन्तरले पराजित गर्दै बागमती फुटबल क्लब विजयी भएको हो । साेमबारको खेलमा हार बेहोरे संगै अभिषेक चर्ज रजहर तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाट बाहिरीएको छ भने बागमती फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
- ADVERTISEMENT -
बागमती फुटबल क्लबकी तर्फबाट जर्सि नं. १७ की साहारा लिम्बु म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी र रत्ननगरका महिला नेत्रिहरूले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
- ADVERTISEMENT -
प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।
- ADVERTISEMENT -
भोली (मंगलवार) काे खेलमा पदमा स्पाेट क्लव आेखल ढुङ्गा र संकटा फुटबल क्लब काठमाडाैँ बिच खेल हुँने आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -