साना किसान कृषि सहकारी संस्था बछाैलीकाे अध्यक्षमा लम्साल निर्वाचित

December 9, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर २४- साना किसान कृषि सहकारी संस्था लि. बछाैलीकाे अध्यक्षमा गाेपीप्रसाद लम्साल निर्वाचित भएका छन् ।

साे सहकारीकाे २७ औं बार्षिक साधारण सभा तथा अधिवेशनले लम्सालकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

साधरण सभा अन्तर्गत ११ वटा इकाईमा भएकाे निर्वाचनबाट निर्वाचित संयाेजकहरुबाट सञ्चालक सिमित गठन गरिएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

समितिकाे उपाध्यक्षमा प्रभा चाैधरी महताे तथा सदस्यमा नारायण महताे, राजेन्द्र चाैधरी, रामहरि मैनाली, दुर्गानाथ अर्याल,तीर्थराज ढकाल, दुर्गा अधिकारी, सिखनी चाैधरी, हिमाकुमारी थापा र केशव अधिकारी निर्वाचित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

लेखा समितिकाे संयाेजकमा राजकुमार अधिकारी र सदस्यहरुमा भावना नेपाल, लक्ष्मी पाैडेल चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

साधारण सभामा प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष किरण महताेले निर्वाचित भएकाे प्रमाण पत्र हस्तान्तरण तथा रत्ननगर नगरपालिकाका सहकारी शाखा तथा निर्वाचन समितिका संयाेजक प्रमुख अर्जुन पंगेनीले पद तथा गाेपनियताकाे सपथग्रहण गराएका थिए ।

साधारण सभामा संस्थामा अध्यक्ष नारायण महताेले बार्षिक प्रतिबेदन तथा लेखा समितिका संयाेजक विष्णुप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाका प्रबन्धक रामहरि दाहालले बार्षिक कार्ययाेजना तथा संस्थाकाे वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु साेहेन्द्र राज खरेल, वालकृष्ण चापागाईँ, वडा नं ७ का वडा सदस्य कुलप्रसाद आचार्य, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना चितवनका प्रमुख महेश रेग्मी, साना किसान विकास बैंक हेटाैडाका प्रमुख भाेलानाथ रेग्मी,सहकारी विकास बैंक टाँडी शाखा प्रमुख नरेश कामती,मृगकुञ्ज मध्यवर्ती उपभाेक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, नारी चेतना साकाेसकी उपाध्यक्ष पवित्रादेवी घिमिरे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा उपाध्यक्ष जरीमाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -