रत्ननगर, मंसिर २३ – रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ ।
परिवर्तन हातेमालो युवा संगठनलाई ९-० गोल गोल अन्तरले पराजित गर्दै निजगढ फुटबल क्लब विजयी भएको हो । आइतवारको खेलमा हार बेहोरे संगै परिवर्तन हातेमालो युवा संगठन तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिताबाट बाहिरीएको छ भने निजगढ फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
- ADVERTISEMENT -
निजगढ फुटबल क्लब तर्फबाट जर्सि नं. १० की पूर्णीमा राई म्यान अफ दी म्याच घोषित भईन् उनले नगद रू २ हजार रुपैँया प्राप्त गरिन् । उनलाई वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी, सफा उर्जा प्रा.लिका प्रवन्ध निर्देशक निर्णय पौडेल, कार्यक्रम संयोजक सुलभ पौडेल, समाजसेवी तथा युवा उद्यमी दिपक चापागाईले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
- ADVERTISEMENT -
सेन्ट्रल कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताका आगामी खेलहरुमा रत्नप्रिय क्लबसहित संकटा क्लब, बागमती युवा क्लब सर्लाही, निजगढ फुटबल क्लब, पद्मा स्पोट्र्स क्लब ओखलढुङगा र परिर्वतन हातेमालो युवा संगठन जगतपुरले प्रतिस्पर्धा गर्ने क्लबका सचिव विजय लामाले जानकारी दिए ।
- ADVERTISEMENT -
प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।
- ADVERTISEMENT -
भोली (सोमवार) खेल आयोजक अभिषेक चर्ज रजहर र बागमती युथ क्लव बिच खेल हुँने आयोजकले जनाएको छ ।
खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लबले यसअघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरूष फुटबल प्रतियोगिता गरिसकेको छ । यसवर्षको भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता हो ।