रत्ननगर,मंसिर २०- रत्ननगरको निपनी स्थित श्री गायत्री हरिहर मन्दिरमा यहि मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ संचालन हुने भएको छ ।
महायज्ञ मुल समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरि महायज्ञको उदेश्य ,लक्ष्य बारे जानकारी गराएको हो ।
- ADVERTISEMENT -

हरिहर मन्दिरलाई धाममा विस्तार गर्न पूर्वाधार तयार गर्ने, गायत्री गुरुकुलम्को भौतिक पूर्वाधार तयार गरी निकट भविष्यमा विद्यापीठमा रूपान्तरण गर्न र हरिहर सदनलाई पूर्णता दिने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपन राज घिमिरेले जानकारी दिए ।
- ADVERTISEMENT -

यी उदेश्यका लागि मन्दिरले स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी रत्ननगरलाई धार्मिक पर्यटकीय नगरीमा परिणत गर्ने लक्ष्य समेत लिएको छ ।
- ADVERTISEMENT -

महायज्ञको पहिलो दिन मंसिर २४ गते शोभायात्रा र पूर्वाङ्ग भई पौष १ गते पूर्णाहुति हुनेगरि सञ्चालन हुने महायज्ञमा अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा प्रखर वाचक पूज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्ने संयोजक घिमिरेले जानकारी दिए ।
- ADVERTISEMENT -

मन्दिरले ६ कक्षा देखि १२ कक्षा सम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ भने ३५ जिल्लाका ७५ बटुकहरू र ६ जना गुरुहरूलाई आवासीय सेवा-सुविधासहित निःशुल्क सेवा-सुविधा दिएको छ ।
यस गुरुकुलम्लाई आवश्यक पूर्वाधार तयार गरी निकट भविष्यमा संस्कृत विद्यापीठमा विस्तार गरी शास्त्री तहसम्मको शिक्षण सेवा दिने तयारीमा जुटेको महायज्ञका संयोजक घिमिरेले बताए ।
देशकै केन्द्रविन्दु, पूर्व-पश्चिम लोकमार्गको काखमा स्थापित यस हरिहर धामले स्वदेशी, विदेशी पथिक पर्यटकहरूलाई आवासीय सेवा-सुविधा पुऱ्याउने उद्देश्यबाट २०७६ मा करिब १५ करोडको कुल लागतमा सम्पन्न हुनेगरि बृहत् गुरुयोजना पनि बनाएको छ ।
सोही अनुसार रत्ननगर नगरपालिका,प्रदेश सरकार र संघीय सरकारबाट करिब ५ करोडको लागतमा हरिहर धर्मशालाको निर्माण कार्य चालु अवस्थामा छ ।
मूल गुठदाता जिमिदार नाथुराम चौधरीबाट सहयोग भएको १ बिगाहा क्षेत्रफल गुठ जमिनमा वर्तमान संरचना अवस्थित छन् भने अन्य गुठदाता १७ जनाबाट समेत अहिले मन्दिरको गुठ जमिन २ विगाहा ९ कठ्ठा क्षेत्रफल रहेको छ ।
मन्दिर परिसरमा श्री हरिहर मन्दिर (मूल मन्दिर) २०२८, श्री गायत्री माताको मन्दिर २०४५, हरिहर यज्ञशाला र हवनकुण्ड दीप प्रज्वलन- २०४९, श्री गणेश मन्दिर २०५६, हनुमान मन्दिर २०५९, २०७० मा पहिलो हवन यज्ञशालालाई विस्थापित गरी यज्ञशाला निर्माण र २०७३ मा १०८ शिवलिङ्ग स्थापना भई नित्य पूजा-वन्दना चलिआएको छ भने २०८१ को आषाढ २४ देखि हरिहर महाआरतीको कार्यक्रम पनि संचालन गर्दै आएको छ ।