रत्ननगर, मंसिर २०- ३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
महिला सञ्जाल भवनमा आयोजना गरिएको कार्यक्रममा सबै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य ज्वती सुनारले सम्मान गरेका हुन् ।
- ADVERTISEMENT -

सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ ।
- ADVERTISEMENT -

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे ।
- ADVERTISEMENT -

‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ ।
- ADVERTISEMENT -

समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए । नगरभित्रका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क रुपमा स्वास्थ्य विमा नगरले गरिदिने नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए ।
प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए ।
गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनकी नर्शिङ्ग अफिसर अनामिका कंडेल, कालिका नगरपालिकाकी स्वास्थ्य स्वयंमसेविका कविता खनाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी परिवार नियोजन सुपरभाईजर अधिकृत सीता दाहालले गरेकी थिईन्।