रत्ननगर, मंसिर १८- सौराहा जेसीजले जेसीज सप्ताह अन्तर्गत सोमबार आकस्मिक रक्तदाता विवरण र ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम गरेको छ ।
नेपाल जेसीजको उत्कृष्ट शाखाको रुपमा रहँदै आएको सौराहा जेसिजले मंसिर २१ गते सम्म चल्ने जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको संयोजक रमेश नेपालले जानकारी दिए ।
- ADVERTISEMENT -
नेपालले ब्लड डोनर्स सोसाइटी संग सहकार्य गर्दै रक्तदाता विवरण संकलन गरिएको जानकारी दिदै आगामी दिनमा समेत सोसाइटी संग सहकार्य गर्दै कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य गर्ने सम्झौता समेत भएको बताए ।
- ADVERTISEMENT -
कार्यक्रममा शाखाका अध्यक्ष रन्जन भण्डारी, महासचिव जयराम घिमिरे , निवर्तमान अध्यक्ष सुरेश शर्मा भुषाल कानुनी सल्लाहकार हरि दाहाल,ब्लड डोनर्स सोसाइटी का वरिष्ठ उपाध्यक्ष हरि न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
- ADVERTISEMENT -