पूर्वी चितवन रत्ननगर तथा साँस्कृतिक व्यापार महोत्सव दुईदिन थप

December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर १८- चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव दुइदिन थप गरिएकाे छ । मंसिर १७ गते सम्मका लागि ताेकिएकाे उक्त महाेत्सव अबलाेकनकर्ताकाे मागलाई ध्यानमा राखि १९ गते सम्मका लागि थप गरिएकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक संजय लाेप्चन तामाङले जानकारी दिए।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ । 

- ADVERTISEMENT -

Advertisement

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने,  कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -