चितवन,मंसिर १८- मोवाईलको पार्ट्स र एसेसोरिज थोक बिक्रेता रहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढ ९ औ वर्षमा प्रवेश गरेको छ।
विगत ८ वर्ष देखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिज नारायणगढले पदमपुर चितवनमा रहेको भिमवलि पार्कमा पूर्वी चितवन र नारायणगढका मोवाईल व्यवसायीहरु संग भेटघाट तथा बनभोज गरि मनाएको छ।
वर्षको एकदिन आफ्नो ग्राहकहरु संग भेटघाट हुनको लागि र ग्राहक वर्गको गुनासो र सस्थाले दिन सक्ने सेवा सुविधाको बारेमा छलफल पनि हुने भएकोले भेटघाट तथा बनभोज कार्यक्रम राखिएको संचालक सुरेश भट्टराईले बताएका छन् ।
- ADVERTISEMENT -
नारायणी सामुहिक मोवाईल पार्ट्स एण्ड एसेसोरिजले नारायणगढ र कावासोती गरि दुई स्थानबाट सेवा दिदै आईरहेको छ ।
- ADVERTISEMENT -