रत्ननगरमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने 

December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर १८- पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही मंसिर २२ गतेबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका वडा नं ९ स्थित रत्नप्रिय क्लवले तेसो रत्नप्रिय कप महिला फुटवल प्रतियोगिता आयोजना गरेको हो । 

आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको र राष्ट्रिय स्तरका ८ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए । खेलकुदको विकासको लागि निरन्तर विभिन्न प्रतियोगिताहरु गर्दै आएको सो क्लवले यस भन्दा अघि पहिलो र दोस्रो रत्नप्रिय कप पुरुष फुटबल प्रतियोगिता गरिसकेको छ । यस बर्ष भने तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिताको विजेता टिमलाई १ लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ सहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्टक गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ५÷५ हजार पुरस्कार प्रदान गरिने छ । सेन्टर कलेज मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा आयोजक रत्नप्रिय क्लव सहित संकटा क्लव, बागमती युवा क्लव सर्लाही, हेटौडा फुटबल एमाडेकी, निजगढ फुटबल क्लव, अभिषेक चर्ज रजहर, पद्मा स्पोटर्स क्लब ओखलढुंगाले प्रतिस्पर्धा गर्नेछन् । 

- ADVERTISEMENT -

Advertisement

रत्ननगर नगरपालिका र वडा नं ९ संरक्षक रहेको उक्त प्रतियोगिता २९ गते सम्म चल्ने छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लवले समाजका परिर्वतन ल्याउने गरी सामाजिक विकास र खेलकुदको चौतर्फी विकासको लागि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्दै आएको भन्दै स्थानीय सरकारले सदैब सहयोग गर्ने बताए। कार्यक्रम क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -