युवा क्रिकेटर प्रोत्साहन गर्न देशभर क्रिकेट हुँदै

November 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, मंसिर १३- युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्दश्यले ई प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा आगामी माघ ९ देखि १२ गतेसम्म नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

देशभरका कलेजलाई सहभाी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिकएको हाइपएतीको सिइओ एलिजा थापाले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

छनोट प्रतियोगिता आगामी पुस ३ गते हुने आयोजकले जनाएको छ ।ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

सात प्रदेश र आयोजकको एक गरी कुल ८ टोलीले टी टेनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

हाइपएती इभेन्ट्सले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

नकआउटका आधारमा हुने यस प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् ।

ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता सुरू गरेको बताए ।

प्रतियोगिताको प्रदेश विजेताले ५० हजार रूपैयाँ पाउनेछ । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो प्रतियोगिताले नेपालभरका हाईस्कूल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -