रत्ननगरमा तेस्रो मेयर कप : हेटौडा उपमहानगर फाइनलमा प्रवेश

November 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर १३- पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा हेटौडा उपमहानगर फाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनहरि गाउँपालिकालाई ०–३ गोल अन्तरले पराजित गर्दै हेटौडा उपमहानगर फाइनलमा प्रवेश गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

हेटौडालाई जिताउन समिराज थोकरले तीन गोल गरेका थिए। उपाधिका लागि अब हेटौडाले राप्ती नगरपालिकासंग प्रतिस्पर्धा हुने छ । मंसिर १५ गते शनिबार नेपाल माविको खेलमैदानमा हुँदैछ । बुधबार भएको महिला सेमिफाइनल खेलमा इच्छाकामना गाउँपालिकालाई पराजित गरी राप्ती फाइनलमा प्रवेश गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका संयोजक अध्यक्ष कृष्ण चौधरीले बताए

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएका थिए । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा विजेता टिमलाई २ लाख ११ हजार १११, र उपविजेता टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -