कालिका,मंसिर १२- कालिका नगरपालिका वडा नं ११ रन्तेस स्थित राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौरमा अध्यायन गर्ने चेपाङ सहित विपपन्न समुदायका विद्यार्थीलाई मंगलबार न्यानो कपडा वितरण तथा स्वास्थ्य परीक्षण शिविर गरिएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको १८औं बार्षिकोत्सवको अबसरमा विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको महासचिव नवीन नेपालले जानकारी दिए ।
- ADVERTISEMENT -
विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, उपाध्यक्ष शम्भूप्रसाद माली, सदस्यहरु रामकाजी अधिकारी, रामकुमार गुरौ, घनश्याम चौधरी र कार्यालय सचिव गौतम गिरीले सयुक्त रुपमा बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।
- ADVERTISEMENT -
सो अबसरमा रेवान सौराहाका अध्यक्ष गिरीले सौराहाको सौन्र्दयकरणको काम गरिरहेको रेवानले सीमान्तकृत समुदायका बालबालिकालाई सहयोग गरेर संस्थाको बार्षिकोत्सव मनाउदा आत्मसन्तुष्टि भएको बताए ।
- ADVERTISEMENT -
बार्षिक उत्सबमा गरिने औपचारिक कार्यक्रम भन्दा आथिक अभावका कारण कपडा किन्न नसकेका एकसरो लुगामा विद्यालय जाने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको अध्यक्ष गिरीले बताए ।
- ADVERTISEMENT -
त्यसैगरी सपना भिलेज सोसल इम्प्याक्टको आयोजना तथा रेवान सौराहाको सहकार्यमा १७५ जना चेपाङ बालबालिकाको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई औषधि, पौष्टिक आहार र सरसरफाईका सामग्री प्रदान गरिएको छ ।