रत्ननगर,मंसिर १२- रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा हुने महायज्ञ सम्पन्न गर्न रुपनराज घिमिरे संयोजक रहेको मुल समारोह समिति गठन गरिएको छ ।
मंसिर २४ गतेबाट सुरु हुने श्रीमद् भागवत महापुराण धनधाञ्चल ज्ञान महायज्ञ सम्पन्न गर्न घिमिरेको संयोजकत्वमा एक हजार एक मुल समारोह समिति र १२ वटा उपसमिति गठन गरिएको हो ।
- ADVERTISEMENT -

मन्दिर संरक्षण समितिको मंगलबार सम्पन्न बैठकले महायज्ञ मुल समारोह समिति र उपसमितिहरु गठन गरेको समितिका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।
- ADVERTISEMENT -

महायज्ञ मुल समारोह समितिको सहसंयोजकमा रमाकान्त पौडेल र अम्विका पुरी, सचिवमा ऋतु गिरी र कोषाध्यक्षमा मुकुन्द शर्मा आचार्य चयन भएका छन् । महायज्ञको प्रमुख बाचममा पुज्य आचार्य ओमप्रकाश सुवेदी र उपबाचकमा पण्डित गोविन्द दाहाल रहेका छन् ।
- ADVERTISEMENT -

मन्दिर संरक्षण समितिले सञ्चालन गरिरहेको गुरुकुलम सञ्चालन, धर्मशालाका निर्माण र मन्दिर मर्मत र सञ्चालनको लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष निलकण्ठ पौडेलले बताए ।
- ADVERTISEMENT -

बैठकमा निर्वतमान अध्यक्ष नेमराज शर्मा पौडेलले महायज्ञ गर्नुको उद्देश्यको बारेमा प्रकास पारेका थिए ।