रत्ननगरमा तेस्रो मेयर कप : गैंडाकोटलाई हराउदै राप्ती विजयी

November 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर ७ – पूर्वी चितवनको रत्ननगरमा विहीबारदेखि सुरु भएको दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा राप्ती नगरपालिका विजयी भएको छ ।

गैंडाकोट नगरपालिकालाई हराउदै राप्ती विजयी भएको हो । निर्धारित समयमा दुबै टिकबाट एक एक गोलको बराबरी भएपटि ट्राइब्रेकरका आधारमा नतिजा निकालिएको हो । ट्राइब्रेकरमा राप्तीले गैंडाकोटलाई ७–६ गोल अन्तरले हराएको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात पालिका सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिका गरी १० वटा टिमले प्रतिस्पर्धा गर्ने संयोजक चौधरीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -