डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

November 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डडेल्धुरा,मंसिर ४- डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

- ADVERTISEMENT -

Advertisement

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा सात जना घाइते भएका छन्। तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ। रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -