रत्ननगरस्थित गायत्री हरिहर मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा पौडेल चयन

November 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर ४- रत्ननगर नगरपालिका वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिर संरक्षण समितिको अध्यक्षमा निलकण्ठ शर्मा पौडेल चयन भएका छन् ।

मन्दिरको २६औं बार्षिक साधारण सभा तथा नवौं अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा धर्मशाला निर्माण समितिका संयोजक समेत रहेका शंकर गिरी, उपाध्यक्षमा शरला सुवेदी, सचिवमा सोमप्रसाद भट्ट, कोषाध्यक्षमा मुकुन्द शर्मा आचार्य, सहसचिवमा ऋतु गिरी, सहकोषाध्यक्षमा सुरेश विष्ट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बसन्ता भट्टराई, रामप्रसाद पौडेल, बुद्धिप्रसाद तिमिल्सिना, सुनिल आचार्य, सीता रेग्मी, निलकण्ठ पुरी, राधिका मिश्र, दीपक गिरी, गंगा सुवेदी चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

साधारण सभा तथा अधिवेशनको अबसरमा हरिहर धर्मशालाको ुसमेत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद शर्मा खनालले धर्मशाखाको उद्घाटन गरेका हुन । कार्यक्रम मन्दिर संरक्षण समितिका निर्वतमान अध्यक्ष नेमराज शर्मा पौडेलको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -