रत्ननगर ,मंसिर ३- पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सगु्रपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र फरक शैलिमा सेवा प्रदान गर्दै आइरहेछ ।
आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाउने नेपालकै पहिलो पुर्नस्थापना केन्द्र बन्न सफल भएको हो ।
- ADVERTISEMENT -
आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए ।
चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको सर्घषका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुभ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्वती हल पर्सामा चलचित्र देखाउन ल्याईएको उनको भनाई छ ।
- ADVERTISEMENT -
समाजमा पुर्नस्थापित गर्नका लागि केन्द्रमा रहेकालाई बाहिरी वातावरणमा घुलमिल गराउन आवश्यक रहेको उनले बताए ।
- ADVERTISEMENT -
उनले भने, “उहाँहरुको दिमाकलाई ओपन गर्नका लागि मर्निङ्ग वाक, ईभिनिङ वाक, फुटबल खेल लगाएत अन्य खेल खेल्नका लागि बाहिरी वातावरणमा लैजान्छौ समाजमा पुर्नस्थापित गर्न यी सबै चिजहरुले बल पुर्याउछ ।”
- ADVERTISEMENT -
हामिले यस केन्द्रबाट समाज सुधार देखि लिएर जिल्ला, प्रदेश देखि लिएर सिङ्गो देश नै सुधार गर्ने अभियानमा लागेको बताए । राप्ती पुर्नस्थापना केन्द्र सञ्चालन भएको ६ महिनाको अवधिमा १० देखि १२ जना सुधार केन्द्रबाट घर फर्किएको हुनाले उहाँहरुको परिवारबाट राम्रै प्रतिक्रिया आईरहेको उनको भनाईछ ।
पुर्नस्थापना केन्द्रमा बस्नेलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले त्यस गलत सोचाईलाई परिवर्तन गर्न यस केन्द्रले सुरुवात गरेको उनको भनाई छ । दुव्र्यसनमा फसेकाहरुले कुनै अपाध गरेका छैनन् उनीहरु प्नि यो समाजमा घुलमिल हुन पाउनुपर्छ उनले भने ।
म्याङ्गो जनज्वती हल पर्साका सञ्चालक शिव प्रसाद उप्रेतीले पुर्नस्थापना केन्द्रमा बसेकाहरुले पूर्ण वहादुरको सारङ्गी चलचित्र हेर्दै गर्दा मेरो घर परिवारमा बुवाले, अभिले मलाई हुर्काउन, मेरो लालन पालनमा धेरै संघर्ष गर्नुभएको छ भनेर उहाँहरुले पक्कै पनि बुभ्नुहुन्छ भन्ने विश्वास लिएको बताए । केन्द्रमा बसेकाहरुले फिल्म हलभित्र आम दर्शकहरु झै अनुशासित भएर चलचित्र हेरिदिएको प्रतिक्रिया दिए ।