नेकपा एसद्वारा जीर्ण बन्दै गएको जेपी पार्कको सरसफाई

November 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर ३ – राप्ती नगरपालिका स्थित परेवाकोटमा रहेको जेपी भेटवाल स्मृती पार्कमा सरसफाई गरिएको छ । एकीकृत समाजबादी जिल्ला कमिटीको सिंगो टिम परेवाकोटमा पुगेर पार्कको सरसफाई गरेको हो ।

राप्तीको पर्यटकीय स्थलको रुपमा विकास भइरहेको परेवाकोटाको प्रर्बधन तथा पार्क सरसफाईको लागि पार्टीको सिंगो टिक परेवाकोट पुगेको जिल्ला कमिटी सदस्य सरस्वती लामाले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

वामपन्थी नेताको भेटवालको स्मृतिमा बनाएको पार्कको बेवास्थाका कारण ओझेलमा पर्नुको साथ जीर्ण समेत बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय सरकारका प्रमुख राप्तीका मेयर शमशेर लामा सहित सो पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले पार्क बरिपरी फैलिएको घाँस, बुट्यानको सरसफाई गरेको थियो । सो पार्टीकी केन्द्रीय सदस्य पार्वती सिलवाल प्रमुख अतिथि रहेको सो कार्यक्रम जिल्ला कमिटी उपाध्यक्ष इश्वारी प्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सो अबसरमा प्रमुख अतिथि सिलबालले परेवाकोटको प्रर्बधन र जेपी पार्कको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताइन् ।

- ADVERTISEMENT -

Advertisement

पार्क निर्माण गरेर अलपत्र अबस्थामा छोड्दा भेटवालप्रति अपमान भएको भन्दै उनले विकटमा पार्क बनाएका कारण संरक्षण हुन नसकेको बताइन ।

पार्कमा जेपी भेटवालको नाम उल्लेख समेत नगरिएको भन्दै मेटवालको योगदानको समेत कहिकतै उल्लेख नगरिएको प्रति असन्तुष्टी जनाइन् । विकटमा पार्क बनाउनु, नाम सेमत उल्लेख नगर्नु र उनको योगदान समेत समाबेश नगर्नुले पहिलाका जनप्रतिनिधिल बजेट सक्न मात्रै पार्क निर्माण गरिएको उनको भनाई छ ।

उनले स्थानीय सरकारलाई बजेट विनियोजन गरी पार्क संरक्षण, प्रचारप्रसार, एतिहासिक धरोहरको रुपमा विकास गर्न आग्रह गरिन ।

मेयर लामाले पूर्वमन्त्री दावादोर्जे लामाले मन्त्री हुँदा पार्क निर्माणको लागि बजेट विनियोजन गरेको भएपनि निर्माणपछि पार्क संरक्षणको लागि कुनैपनि प्रयास नगरेको बताए । साथै उनले स्थानीय सरकारले नगर स्तरीय योजनामा समाबेश गरी परेवाकोटगढी र जेपी भेटबाल स्मृती पार्कको संगसंगै संरक्षण र विकास गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिकी उपाध्यक्ष कल्पना सापकोटा, प्रदेश कमिटी सदस्य अर्जुन ढकाल, विष्णु भण्डारी कट्टेल, उदय अर्याल, बद्रिनाथ घिमिरे, केन्द्रीय प्रतिनिधि परिषद् सदस्य शुशीला लामिछाने, जिल्ला कमिटी सचिव हेमन्त कँडेल, रत्ननगर नगरकमिटी अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -