माधवपुरको छहारी टोलमा भोलीदेखि हाट बजार सञ्चालन हुने

November 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर २- पूर्वी चितवनको रत्ननगर वडा नं १५ माधबपुरमा भोली सोमबारदेखि हाट बजार सञ्चालन हुने भएको छ ।

छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत जग्गामा माधवपुर हाट बजार सञ्चालन गर्न लागेका हुन ।

- ADVERTISEMENT -

Advertisement

लम्सालले प्रत्येक हप्ताको सोमबार र विहीबार सञ्चालन हुने गरी हाटबजार सञ्चालन गर्न लागेका हुन् । हाट बजारका आयोजक लम्सालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हाट बजार सञ्चालन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएका हुन ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगर नगरपालिकासंगको सहकार्यमा स्थानीयबासीको सहयोगमा लम्सालले आफ्नो व्यक्तिगत सात कठ्ठा क्षेत्रफलमा हाट बजार सञ्चालन गर्न लागेको लम्सालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको बजारीकरण तथा स्थानीय स्तरको आर्थिक विकासमा योगदान दिने हिसाबले हाट बजार सञ्चालन गर्न लागेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

३५ वटा स्टल रहने हाट बजारमा फलफुल, तरकारी, मासु, लत्ताकपडा, फेन्सी, भाडा पसल, मोवाइल, चटपट पसलहरु रहने लम्सालले जानकारी दिए ।

हाट बजारको सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने छन् । हाट बजार सञ्चालन गरेर पैसा कमाउन खोजेको होइन लम्सालले भने स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्रीको प्रर्बधन र गाउँमा चहलपहल बढाउन खोजेको हुँ ।

गाउँमै क्रेता र विक्रेताको भेट गराउने र संस्तो मुल्यमा सामग्री उपलब्ध गराउने अर्को उद्देश्य रहेको उनको भनाई छ । दैनिक उपभोग्य बस्तु खरिद गर्न बजार जान नपरोस भन्न्ने मान्यताका साथ गाउँमा हाट बजार सञ्चालन गर्न लागिएको भन्दै लम्सालले गाउँमा उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी स्टल प्रदान गरिएको बताए ।

एउटा व्यापारीबाट एक दिनको प्रति स्टल १०० रुपैया मात्र लिने उनले बताए । हाट बजारमा मदिरा विक्री गर्न पाइने छैन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -