अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रमक

November 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

न्युयोर्क, कात्तिक १९- अमेरिकी राष्ट्रपति पदको निर्वाचनका एक दिन बाँकी रहँदा मिचिगनमा पुगेर ह्यारिसले भनिन्,‘जाऊ र गएर मतदान गरौँ र अन्यलाई मतपत्रमा खोज्न परोस्,’ ह्यारिसको यसै अभिव्यक्ति अहिले चर्चामा छ । साथै डेमोक्र्याटमा उत्साह थपिएको छ । 

मिचिगनमै ट्रम्पले डेमोक्र्याट पार्टीलाई ‘डेमोनिक’ पार्टीको संज्ञा दिँदै जो बाइडेनका कारण आधार मुत बस्तुको मूल्य बढेको आरोप लगाए । यस अघि पेनेसेल्भिनियामा भएको कार्यक्रममा ट्रम्पले चिटिङको अन्त्य गर्न सो राज्य निर्णायक हुने बताए । 

- ADVERTISEMENT -

Advertisement

अहिले अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि ७ करोड ५० लाख भन्दा बढी मतदान भइसकेको छ । यो सन् २०२० को निर्वाचनमा खसेको मतको आधा भन्दा बढी हो । अहिले डेमोक्र्याट आफ्नो विषयमा अफवाह फैलाएको भन्दै आक्रोशित छ । यो आक्रोश खासमा रुस प्रति लक्षित छ । 

- ADVERTISEMENT -

Advertisement

अहिले लोहाको सर्वेक्षणले धेरैलाई आश्चर्यमा पारेको छ । सन् २०१२ यता डेमोक्र्याटले जित हात नपारेको सो राज्यमा ६ इलेक्ट्रोल मत मात्र छ । अमेरिकामा एक्युरेट मत सर्वेक्षण गर्ने संस्थाको रूपमा परिचित एन सेल्जरले सो सर्वेक्षण गरेको थियो । एन सेल्जरकै अनुसार ६५ वर्ष भन्दा बढी उमेरका तथा महिलाहरूको मत ह्यारिसको पक्षमा बढी छ । यसै कारण ह्यारिस अघि देखिएकी हुन् । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -