चितवनको सुरक्षा योजना तयार ! देउसीभैलो खेल्न निश्चित समय, पटका पड्काउन रोक

October 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,कार्तिक १४- चितवनको चाडबाड (तिहार, छठ)लक्षित सुरक्षा योजना तयार भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार समग्र जिल्लाको सुरक्षा योजना तयार पारेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार यसवर्ष तिहारमा देउसीभैलो खेल्दा कुनै पनि राजनीतिक विषय उठान गर्न नपाइने सुरक्षा योजना प्रशासनले बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

देउसीभैलोमा राजनीतिक विषय उठान हुन सक्ने र यसमा हुलहुज्जत भई समाजमा विभिन्न घटनाहरु घट्न सक्ने भएकाले पनि यसतर्फ प्रशासनले सचेत गराउँदै देउसीभैलोमा राजनीतिक विषय उठान गर्न नपाइने जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘देउसीभैलो खेल्दा कुनै पनि व्यक्ति तथा समूहले राजनीतिक विषयलाई छुन पाइने छैन, मौलिक संस्कृतिको जगेर्ना गर्दै सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्नुपर्छ’, सहायक प्रजिअ शर्माले भने, ‘देउसीमा शान्तिपूर्णरुपमा नाचगान तथा सांस्कृतिक क्रियाकलापहरु गर्न पाइन्छ ।’

- ADVERTISEMENT -

Advertisement

चितवन प्रशासनले देउसीभैलो खेल्नका लागि निश्चित समय निर्धारण गरेको छ । ‘बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइन्छ, दानदक्षिणामा कुनै दबाब दिन पाइँदैन’, सहायक प्रजिअ शर्माले भने, ‘नियम पालना नगर्ने जोकोही पनि कानुनी दायरामा आउने छन् ।’

- ADVERTISEMENT -

Advertisement

कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने वा खेलाउने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ । यस्तै भुइँचम्पा, पटका आतिसबाजीजस्ता विस्फोटक पदार्थ पड्काउने र बिक्री गर्ने दुवैलाई कडा कारबाही हुने चितवन प्रशासनले जनाएको छ ।

‘विस्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग गर्नेजस्ता हर्कत कोही कसैले गरेको फेला पारेमा कानुनी कारबाही गरिने छ, बेलैमा सचेत हुनलाई सबैमा आग्रह गर्दछु’, सहायक प्रजिअ शर्माले भने । उनले मादक पदार्थ सेवा गरी शान्ति सुरक्षामा खलल पुग्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, सर्वसाधारणलाई तर्साउने, धम्क्याउनेजस्ता हर्कत गरेमा पनि कारबाही गरिने बताए ।

‘अखाद्य रंग मिसाएमा कारबाही’

मिठाई तथा अन्य परिकारमा अखाद्य रंग मिसाएमा पनि कडा कारबाही गरिने चितवन प्रशासनको भनाइ छ । विशेषगरी, तिहारका मिठाई तथा झिलिङ्गा रोटीहरुमा अखाद्य रंग मिसावट हुन सक्ने भएकाले यसतर्फ प्रशासनले सचेत पारेको छ ।

‘तिहारका जुनकुनै परिकारमा अखाद्य रंग मिसावट भएमा तत्काल कारबाहीको दायरामा ल्याइन्छ’, शर्माले भने, ‘गुणस्तरहीन खाद्य पदार्थको बिक्रीवितरण तथा उपभोग गर्नलाई समेत रोक लगाइएको छ ।’ तिहारका विभिन्न परिकारमा अखाद्य रंग मिसावट भएको गुनासो आइरहेको हुनाले यसतर्फ उपभोक्ताहरु पनि सचेत हुनुपर्ने उनी बताउँछन् ।

तिहारमा प्लास्टिकजन्य फूलमाला आयात, बिक्रीवितरण तथा प्रयोगमा समेत रोक लगाइएको प्रशासनको भनाइ छ । चितवनका पुष्प व्यवसायीहरुले पनि प्लास्टिकजन्य फूल आयातमा रोक लगाउन माग गर्दै आएका छन् । बजारमा तिहारको समयमा म्याद गुज्रेको भाइमसलाहरु लुकीछिपी बिक्रीवितरण हुन सक्नेतर्फ उपभोक्तालाई समेत सचेत गराइएको छ । कानुनविपरीत कार्य गर्ने जोकोहीलाई खोजीखोजी कारबाही गरिने पनि चितवन प्रशासनले जनाएको छ ।

नवलपुरमा पनि प्रशासनको कडाइ

त्यस्तै जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार एक सूचना जारी गरी तिहार तथा छठलगायतका पर्व मर्यादित ढङ्गले मनाउन आग्रह गरेको छ । भाइचाराको पर्व मनाउँदा सामाजिक सद्भाव खलल नहुने गरी मनाउन प्रशासनले आग्रह गरेको हो ।

त्यसैगरी प्रशासनले जुवातास खेल्न, पटका, अतिसबाजी, झिरझिरेजस्ता विस्फोटक पदार्थहरु बिक्रीवितरण तथा ओसारपसार गर्न/गराउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्नसमेत प्रतिबन्ध लगाएको छ । त्यसैगरी, जारी सूचनामा देउसीभैली राति ९ बजेदेखि खेल्नलाई प्रतिबन्ध लगाएको पनि जनाएको छ ।

मालाको मूल्य १०० निर्धारण

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एसोसिएसन चितवनले जनाएको छ ।

चितवनमा यसवर्ष ४० बिघा क्षेत्रफलमा करिब तीन लाख गोटा सयपत्री माला हुने फूलखेती भएको तथ्याङ्क एसोसिएसनले सार्वजनिक गरेको छ । त्यसैगरी, अहिलेको उत्पादनले विदेशबाट आयात गर्नुपर्ने नदेखिएको एसोसिएसनका सचिव श्रेष्ठ बताउँछन् । विगतमा फूलको मालाको मूल्य फरक–फरक भएकाले यसपटक रू. १०० निर्धारण गरिएको एसोसिएसनका सचिव श्रेष्ठले जानकारी दिए ।

एसोसिएसनले निर्धारण भएको मूल्यभन्दा बढीमा बिक्री नगर्न फूलखेती गर्ने कृषक, बिक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो चार सयदेखि चार सय पचास कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।

यसैबीच, फ्लोरिकल्चर एसोसिएसन चितवनले विदेशी उत्पादनलाई भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा सातवटा पालिकालाई पत्राचार गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -