रत्ननगर,कार्तिक १४ – रत्ननगरको टाँडी बजारमा १ करोड ५० लाखको लगानीमा जन जागृति सहकारी संस्था लिमिटेडले सहकारी कृषी मार्ट संचालनमा ल्याएको छ ।
मार्टको बुधबार रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरेका हुन् ।
- ADVERTISEMENT -
४० लाख रत्ननगर नगरपालिका र १ करोड १० लाख सहकारीले लगानी गरेर मार्ट संचालनमा ल्याएको सहकारीका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।
- ADVERTISEMENT -
मार्टमा स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको पौडेलको भनाई छ । मार्ट मा दैनिक उपभोग्य बस्तु खाद्यान लगायत स्थानिय स्तरमा उत्पादित सामाग्री उपलब्ध हुने पौडेलले बताए ।
- ADVERTISEMENT -
उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे , वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल,जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम दुवाडी , पंचकन्या जल उपभोक्ता संघका अध्यक्ष विष्णुहरी देवकोटा, जनजागृती सहकारीका संस्थापक अध्यक्ष एकनारायण पौडेल , जिल्ला समन्वय समिति सदस्य संजिव पौडेल लगायनको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सहसचिव तथा मार्ट निर्माणका संयोजक चन्द्रकान्त ओझा ले संचालन गरेका थिए ।