भरतपुर,कार्तिक १०- चितवन ग्रीन लियो र लायन्स क्लबको आयोजनामा चितवन ग्रीन साँझ हुने भएको छ। आज कात्तिक १० गते (शनिबार) चितवन ग्रीन साँझ २०८१ हुने भएको हो ।
भरतपुर-११ जागृतीचोकस्थित धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा हुने ग्रीन साँझ कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहने छ ।
- ADVERTISEMENT -

सो कार्यक्रममा गायक निशान भट्टराई, महेन्द्रराज बरालको प्रस्तुतीसँगै क्लासिकल म्युजिक र एक्सकेप ब्याण्ड हुने भएको हो ।
- ADVERTISEMENT -

बालबालिकाहरुलाई न्यानो कपडा वितरणका लागि ग्रीन साझ कार्यक्रम आयोजना गर्न लागिएको चितवन ग्रीन लियो क्लब बर्ष २०२४-२०२५ का अध्यक्ष मनिष पौडेलले बताए । क्लबले बिगत देखी नै सामाजिक कार्यका लागि संस्कृतिक साझ कार्यक्रम गर्दै आईरहेको छ।
- ADVERTISEMENT -

साथै, उनले सो कार्यक्रममा सबै जनाले सहभागिता जनाईदिनुहुन समेत आग्रह गरेका छन् ।
- ADVERTISEMENT -
