चितवन,कात्तिक ७- चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन आएको साढे चार महिनामा नै उनको सरुवा भएको हो ।
उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
- ADVERTISEMENT -

सीडीओ यादवले पनि आफ्नो सरुवा भएको नारायणी अनलाइनलाई बताए । उनले भने,सरुवा भएको कुरा साँचो हो,रास्वपाको प्रर्दशनमा प्रधानमन्त्रीकोे पुत्ला बनाएर बोकेको कुरालाई कारण बनाइएको छ ।
- ADVERTISEMENT -

उनका अनुसार चितवनका प्रहरी प्रमुख (एसपी) भावेष रिमालको पनि सरुवा भएको छ । उनका कहाँ सरुवा भयो भन्ने एकिन नभएको यादवले बताए ।
- ADVERTISEMENT -

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा बगाएका थिए ।
- ADVERTISEMENT -

सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ ।