वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

October 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्सा,कात्तिक ५- वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व संकलन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। 

- ADVERTISEMENT -

Advertisement

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो  । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -