
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर,असोज २२ – उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले पोखरा स्थित ओपन स्काइ प्यारागलाइडिङ्गको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई प्यारागलाइडिङ्गमा छुट दिनेसम्बन्धी ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. र उद्योग वाणिज्य संघ–चितवन बिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघमा आबद्ध उद्योगी व्यवसायीहरूलाई विभिन्न सेवा प्रदायक संस्थाहरूसँग व्यावसायिक सेवा वा बस्तुमा छुट उपलब्ध गराउन निरन्तर पहल गरिरहने बताए । उनले आज नै प्यारागलाइडिङ्ग र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेससँग पनि संघका उद्योगी व्यवसायीले छुट पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताए ।
प्यारागलाइडिङ्गको छुटमा टिकट खरिद गर्नको लागि पोखरा लेकसाइड स्थित ओपन स्काई प्यारागलाइडिङ्गको कार्यालय वा काउन्टर बाट टिकट खरिद गर्न सकिने ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले जानकारी दिइन् ।
ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसमा छुट सुविधा उपयोग गर्न उद्योग वाणिज्य संघ–चितवनबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनु पर्ने संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्यले ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. द्धारा सञ्चालित प्यारागलाइडिङ्ग सेवामा १५ प्रतिशत र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसबाट उपलब्ध सेवा फुड एण्ड व्यभरेजमा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्म छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
सम्झौता पत्रमा उद्योग वाणिज्य संघ–चितवतको तर्फबाट अध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यकारी निर्देशक निलबहादुर के.सीले तथा व्यावसायिक फर्म ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले र होटल इनटुरिष्ट प्यालेसका म्यानेजिङ्ग डाइरेक्टर मिशन पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -
