रत्ननगर,असोज १३- रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन भएको छ । रत्ननगर वडा नं २ टाँडी स्थित बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुहले असोज १५ गते मंगलबार वडा नं २ को कार्यालयसंगै रहेको समुहको कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
समुहले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य शिविरको तयारीको बारेमा जानकारी गराएको हो । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको निःशुल्क मुटुको उपचारसंगै प्रेसर, सुगर सहित आँखा लगायतका रोगहरुको उपचार गर्ने गरी शिविर आयोजना गरिएको समुहका कार्यबहाक अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । शिविर फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञ डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए ।
- ADVERTISEMENT -
शिविरमा पुस्पाञ्जली अस्पताल, भरतपुर आँखा अस्पताल, सपोर्ट एण्ड केयर र ब्लड केयर डाइनोसिष्टको सहयोग रहेको छ । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिने छ । यसैबीच समुहले सोही दिनबाट बाद्यबादन तालिम समेत सुरु गर्ने छ । धर्मसंस्कृतिको संरक्षणको लागि स्वास्थ्य शिविर लगतै बाद्यबादन तालिमको सुरुवात गर्ने समुहका सचिव रामहरि लम्सालले जानकारी दिए । तालिममा रत्ननगरका १६ वटा वडाका ३२ जनाको सहभागिता रहने उनले जानकारी दिए ।
- ADVERTISEMENT -