पहिरोमा परि बेपत्ता भएका एन्फा एकेडेमीका ६ खेलाडी मृत भेटिए

September 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुर, असोज १२- पहिरोमा परेर बेपत्ता भएका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ को वत्सलादेवी एन्फा फुटबल एकेडेमीका ६ खेलाडी मृत भेटिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इन्द्रसरोवर(३ वत्सलादेवी एकेडेमीमा राखेको १४ वर्ष मुनीका ६ जना खेलाडी शनिबार बिहानै पहिरोमा परेर बेपत्ता भएका थिए।

- ADVERTISEMENT -

Advertisement

बेपत्ता हुनेमा मकवानपुरका अनुप घलान, साइमन योञ्जन र दिवस बानियाँसहित सर्लाहीका आदित्य बलपाकी, काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी हुन्।

- ADVERTISEMENT -

Advertisement

उनीहरुमध्ये ६ जनाकै शव फेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। मृतकमध्ये अनुप जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको छोरा हुन्।

- ADVERTISEMENT -

Advertisement

अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा ६ जना खेलाडी पहिरोमा परेका थिए। छोटो बाटो रोजेर सुरक्षित स्थानमा जाने क्रममा हिलो माटोमा परेर उनीहरु पहिरोसँगै बगेको एन्फा एकेडेमीका संयोजक समेत रहेका संविधानसभा सदस्य सुवासचन्द्र सिंह ठकुरीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

बिहानदेखि हराएकाहरुका खेलाडीहरुको खोजीका लागि दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएको थियो। एन्फाले गत वर्ष वत्सलादेवी माविसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -