पेवा साकोसको पिठुवा सेवा केन्द्र केन्द्रीत साधारण सभा

September 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज ११- रत्ननगर नगरपालिका वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार पिठुवा सेवा केन्द्रमा १२ औं बार्षिक साधारण सभा गरेको छ ।

रत्ननगर वडा नं १४, १५ र १६ का शेयर सदस्यहरुलाई केन्द्रीत गरी साधारण सभा गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नवराज तिमल्सिनाले बार्षिक प्रगति प्रतिवेदन, वित्तीय विवरण सहित संस्थाको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा उनले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर सहकारीले आफ्ना गतिविधि अगाडि बढाएको भन्दै सामाजिक उत्तरदायित्व स्वरुप सामाजिक काम समेग गर्दैै आएको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा पिठुवा सेवा केन्द्र अन्तर्गत ज्येष्ठ शेयर सदस्यहरु इश्वरीप्रसाद अधिकारी, शालिकराम गौडेल, भरतप्रसाद भान्त्वना, समाजेवीहरु ठाकुरप्रसाद खराल र ज्ञानशाली न्यौपाने, उत्कृष्ट बचतकर्ताहरु मुक्ति न्यौपाने, तारा आचार्य, शारदा खनाल, देवेन्द्र न्यौपाने, उत्कृष्ट ऋणि तर्फ आशिष लामिछाने, गिरीराज भट्टराई, ध्रुव ढकाल, रामकृष्ण श्रेष्ठ, सीता काप्री, ज्ञानु चुवाई,कुलमाया ढकाल र बालबचतकर्ता सोनी गुरुङलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष तामाङले विपन्न शेयर सदस्यको जीवन स्तर उकास्ने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । सहकारीका तीन प्रकारका शेयर सदस्यहरु आवद्ध रहेको भन्दै उनले श्रम गरेर पैसा बचत गर्नेको हितमा काम गर्न पेवालाई उनले आग्रह गरे ।

संस्थाका अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, राष्ट्रिय सहकारी बैंक टाँडी शाखा प्रमुख नरेश कामती, नेपाल बचत तथा ऋण सहकारी संघकी टाँडी शाखा प्रमुख ज्योति महतो, संस्थाका संस्थापक अध्यक्ष दुर्गाप्रसाद पौडेल, पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष संदिप रेग्मी लगायतले मन्तव्य राखेका थिए।

संस्थाका सचिव वालकृष्ण दाहालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष डा.मधुसुदन लामिछाने स्वागत मन्तव्य राखेका थिए ।

वि.सं.२०७० सालमा स्थापना भएको सो सहकारीमा ३ हजार ५६७ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -