झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित 

September 26, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज १०- थारु महिलाहरुकाे पर्व जितियाकाे अबसरमा झुवानीका छ जना थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ ।

रत्ननगर वडा नं ५ झुवानी सम्पूर्ण गाउँ समुदायकाे नाममा गरिएकाे एक औ पचारिक कार्यक्रममा थारु संस्कृति संरक्षणमा याेगदान गरेका छ जनालाई सम्मान गरिएकाे स्थानीय मनुवा महताेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

स्थानीय ७५ बर्षीय टुहुरा महताे, ८७ बर्षीय हठु महताे, ७० बर्षीय हरिराम महताे, ७० बर्षीय पाकुराम महताे, ८७ बर्षीय सुखल महताे र ७२ बर्षीय पाहुन महताेलाई सम्मान गरिएकाे हाे । जितियाकाे अन्तिम दिन झुवानीचाेकमा विशेष कार्यक्रम आयाेजना गरिएकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा थारु महिलाहरुले संस्कृतिक पाेसाकमा झाम्टा पारेकाे कार्यक्रम संयाेजक रिस्मा चाैधरीले जानकारी दिइन ।

- ADVERTISEMENT -

Advertisement

परम्परागत पाेसाकमा सजिएका महिलाहरुले गाउँकाे चाेककाे सडकमै झाम्टा नृत्य प्रस्तुत गरेकाे उनले जानकारी दिईन । जितीया थारू संस्कृतिसंग जाेडिएकाे पर्व हाे ।

- ADVERTISEMENT -

Advertisement

तीन दिन सम्म मनाईने याे पर्वमा थारू महिलाहरु निराधार व्रत बसेर परिवारकाे लामाे आयुकाे कामना गर्ने गरेका छन् ।

पानी पनि नखाई व्रत बसेका महिलाहरुलु जितबहानकाे पुजा गर्छन ।

मंगलबारबाट सुरु भएकाे जितिया विहीबार सकिएकाे छ । पहिलाे दिन दर खाने, दाेस्राे दिन व्रत बस्ने र तेस्राे दिन गाउँघरमा रमाइलाे गरेर जितिया मनाउदै आएकाे कार्यक्रम संयाेजक चाैधरीले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -