दियालो फुडल्याण्डमा भरतपुर महानगरले चलायो डोजर

September 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, असोज ९–भरतपुर महानगरपालिकाले चितवन क्षेत्र नं.३ का सांसद एवं पूर्व मन्त्री विक्रम पाण्डेले निर्माण गरेको संरचनामा डोजर चलाएको छ ।

भरतपुर महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचनामा महानगरले डोजर चलाएको हो । फुड्ल्याण्ड रहेको जग्गा सांसद विक्रम पाण्डेको हो । पुङ्गीखोलालाई मिचेर बनाईएको संरचना महानगरले भत्काउन सुरु गरेपछि सांसद पाण्डेले बनाएको संरचनामा पनि डोजर चलेको हो । सांसद विक्रम पाण्डेले पुङ्गीखोलालाई मिचेर निर्माण गरेका संरचना भत्काईएको महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

संरचना भत्काउदा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी फिल्डमा उत्रिएका थिए । सांसद पाण्डेले खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएको महानगरपालिकाका इन्जिनियर सुर्य लामाले बताए । उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको जानकारी दिए । यसअघि सो स्थानमा सांसद पाण्डेको कालिका कन्स्ट्रक्शन प्रा.लि.को अफिस थियो ।

- ADVERTISEMENT -

Advertisement

अहिले दियालो फुडल्याण्डलाई भाडामा दिईएको हो नाप जाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाले बताएको छ । भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं. २ मा मिचिएको महानगरले जनाएको छ । यसअघि आजै विहान महानगरले लायन्स भवनमा पनि डोजर चलाएको थियो

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -