काठमाडौँ, असोज ९-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको डा.मुकुल ढकालले दाबी गरेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै मुकुलले लेखेका छन्, ‘सहकारीको विषय लगभग टुङ्गिन लागेको छ। रवि लामिछाने जेल जाने निश्चित छ ।’
त्यसपछि ‘अब कुरा गरौँ राहदानी दुरुपयोगको प्रमाणका बारेमा’ भन्दै थप अगाडि लेखेका छन्, ‘९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए। १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए। त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए। १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ। दोहोरो राहदानीको यो मुद्दा टुङ्गो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन्।’
- ADVERTISEMENT -
