संस्कृति संरक्षणमा रत्ननगर-१५को अग्रसरता, भजन र आमा समुहलाई बाध्यवादन सामग्री

September 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज ९- रत्ननगर नगरपालिका वडा नं १५ ले संस्कृति संरक्षणमा अग्रसरता देखाएको छ।

बुधबार एक कार्यक्रममा बिच कार्यलयले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भवन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सरस्वती भवन समुहलाई पोसाक, त्रिशक्ति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, अन्नपूर्ण भजन समुहलाई स्पिकर र पञ्जज्योति आमा समुहलाई तथा सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल लगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

वडाध्यक्ष तामाङले धर्म संस्कृतिको संरक्षणसंगै युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले वडा भित्रका आमा समूह र भजन समुहलाई संस्कृतिक सामग्री वितरण गरिएको बताए ।

हामी धर्म र संस्कृतिको हिसावले धनी छौं उनले भने यसलाई जोगाई राख्ने दायित्व स्थानीय सरकारको हो ।

वडा सदस्यहरु इमप्रसाद पन्त, शिवप्रसाद तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, लगायतले उपस्थिति रहेको थियो।

सो वडा कार्यालयले केही दिन अघि १५ जना सुत्करी तथा गर्भवतीलाई कुखुराको भाले सहित पोष्टिक आहार र आपाङ्गता भएका जीवन घलानलाई इलेक्टिक ह्विलचियर प्रदान गरेको थियो ।

त्यसैगरी सो वडाले गोरखकाली भजन समूह, शिवज्योति भजन समुहलाई राष्ट्रिय पोसाक वितरण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -