काठमाडौँ, असोज ८- काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर सङ्कलनमा रोक लगाएको छ ।
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर सङ्कलन केन्द्रमा पुग्दा हानिकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानिकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर सङ्कलनमा रोक लगाइएको बताइएको छ ।
- ADVERTISEMENT -

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ ।
- ADVERTISEMENT -
