रत्ननगरका ४७ विपन्न्न परिवारलाई सुधारिएको चुलो

September 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज ७- रत्ननगरका विपन्न समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन सोमबार सुधारिएको चुलो वितरण गरिएको छ ।

सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले रत्ननगर वडा नं ७ पडेरियाका ४७ धरधुरीलाई सुधारिएको चुलो वितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक अभावका कारण सिलिण्डर ग्यास प्रयोग गर्न नसकेका समुदायको पहिचान गरी सुधारिएको चुलो प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

- ADVERTISEMENT -

Advertisement

वनप्रतिको निर्भरता हटाउदै महिलाहरुको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण कार्यलाई तीब्र पारिएको उनले बताए। धुवाँबाट लाग्ने रोगले विपन्न समुदायका महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवाँ कम आउने महिलाहरु रोगको सिकार हुन नपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

विपन्न समुदायलाई ८० प्रतिशत अनुदानमा चुलो प्रदान गरिएको हो । २ हजार ६०० पर्ने चुलोलाई ५०० रुपैया लिएर वितरण गरिएको गिरीले बताए । पैसा हालेर किनेको चिजको माया हुन्छ उनले भने यो मैले किनेको हो प्रयोग गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न थारै पैसा लिएर चुलो प्रदान गरेका हौं ।

- ADVERTISEMENT -

Advertisement

सपना भिलेजले विपन्न समुदायलाई आवास निर्माण, सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुसहर समुदायमा वितरण गरिएको सुधारिएको चुलो प्रभावकारी भएपछि निकटका बस्तीमा रहेका विपन्न समुदायलाई आधुनिक सुधारिएको चुलो वितरण गरिएको हो ।

यस अघि सपना भिलेजले मुसहर समुदायका ५० घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको थियो । सपना भिलेजले चितवन जिल्लामा विपन्न समुदायका लागि ४५ वटा घर निर्माण गरिसकेको छ ।

त्यसमध्ये २० बढी मुसहर समुदायका लागि आवास निर्माण गरिएको अध्यक्ष गिरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -