काठमाडौ,असोज ६- सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
जोशी गोरखा मिडिया प्रालिको सञ्चालक हुँदा सहकारीको रकम अपचलनमा जोडिएका थिए ।
- ADVERTISEMENT -

जोशी रास्वपा सभापति रवि लामिछानेका व्यावसायिक पार्टनर हुन् । जोशी गोरखा मिडियाको सञ्चालक हुँदा लामिछाने प्रबन्ध निर्देशक थिए ।
- ADVERTISEMENT -

सहकारी ठगीबारे छानबिन गर्न गठित विशेष संसदीय समितिले जोशी, लामिछानेलगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
- ADVERTISEMENT -

आइतबारै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी छानबिन समितिको प्रतिवेदनअनुसार कारबाही गर्न सिफारिस गरिएका व्यक्तिमाथि कारबाही गर्न भनेको छ ।
- ADVERTISEMENT -
