मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने

September 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असोज ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । लामिछाने पक्राउ पर्ने चर्चाबीच पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानले आफूले केही नबिराएका कारण नडराउँने बताएका हुन् ।

उनले भने, ‘ मैले केही बिराएको छैन । म डराएको पनि छैन् । सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो। कसैको बयानले पुगेको छैन स्पष्ट छ । संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन लुकेको पनि छैन। सरकारले जुन ट्रायल गरिरहेको छ मैले बुझ्न सकेको छैन के हो ?’

- ADVERTISEMENT -

Advertisement

उनले थपे, ‘मैले राजनीति प्रतिवेदनमा पनि स्पष्ट पारेको थिए। अन्याय गर्न पाइँदैन कसैको सहनशीलता चाहिँदैन।’ रविले सहकारीको रकम अपचनबारे छानबिनलाई सघाउन तयार रहेको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘छानबिनलाई सघाउन तयार छु । तर यो पञ्चायत शैली ठिक भएन । सरकार एउटा मान्छेसँग नयाँ आउँदै गरेको दलसँग डराएको ठिक भएन । म अनि हिजो पनि अन्यायको शिकार भएको आज पनि निरन्तर घेराबन्दीमा छु। कानुनी रूपमा राजनीतिक रूपमा र नैतिक रुपमा जुन ठाउँमा पनि सत्यका लागि लड्न तयार छु। षड्यन्त्र गरेर लडाउने होइन कसैको राजनीति जोगाउन मलाई षड्यन्त्र गर्नु पर्दैन । जनताको प्रतिनिधिप्रति यो तहको प्रहार मलाई स्वीकार्य छैन।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -