असोज ५-चितवन रत्ननगर । क्वेष्ट मोडल कलेज तथा प्यारागन माविमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार स्वागत गरिएको छ । सौराहा स्थित सौराहा थारु भिलेजमा कार्यक्रम आयोजना गरी कलेजमा सचालित कार्यक्रमको जानकारीसंगै कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कलेजमा अध्यायन गरिरहेका विद्यार्थीहरुले प्राप्त गरेको सफलता, कलेजको शिक्षण सिकाइ र उपलब्धिको बारेमा नयाँ विद्यार्थीहरुलाई जानकारी गराएर कलेज प्रतिको विश्वास कायम गर्न कार्यक्रम आयोजना गरिएको हो । कलेज व्यवस्थापन समितिका अध्यक्ष निराजन घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा क्याम्पस प्रमुख नेत्रबहादुर क्षेत्रीले विद्यार्थीको भविश्य निर्धारणको लागि शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरिएको बताए । कक्षा नर्सरी देखि स्नातक तह सम्म पढाई हुने सो कलेजमा ८०० विद्यार्थी अध्यायरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शुद्ध व्यवस्थापनको विषय तथा मानविकी संकय तर्फका कक्षाहरु संचालन भइरहेको क्याम्पस प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । स्नातक तहमा त्रिभूवन युनिर्भसिटीको वीवीएस का कक्षाहरु सञ्चालनमा रहेका छन् । कलेज व्यवस्थापन समितिका अध्यक्ष खनालले क्वेष्ट मोडल कलेजलाई पूर्वी चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गरी समयको माग अनुसारका गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले आफ्ना छोराछोरीको उज्जवल भविश्यको लागि क्वेष्ट मोडल कलेजमा ढुक्क भएर विद्यार्थी पठाउन अभिभावकलाई आग्रह गरे । कक्षा १२ मा अध्यायनरत धिरज रायको अध्यक्षतामा भएको कार्यक्रममा प्लस २ संयोजक गंगा ढुंगाना क्षेत्रले स्वागत मन्तव्यका क्रममा कलेजले सञ्चालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिइन् । कक्षा ११ मा भर्ना भएकी छात्रा आयुषा पन्तले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु उमराज आचार्य, दोइन्द्र बहादुर पौडेल सहित क्याम्पसका प्रध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती गरेका थिए ।
क्वेष्ट मोडल कलेजमा नयाँ विद्यार्थीलाई स्वागत |
September 21, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -
