‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

September 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मष्टा, असोज ५ -दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ। लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको।

मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो। ७ वर्षदेखि उनी एकल महिला हुन्। भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उनका दुःखका दिन सुरु भएका थिए।

- ADVERTISEMENT -

Advertisement

‘श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार गर्‍यौं। आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन। फेरि घर ल्याएको केही समयमै उनले प्राण त्याग्नुभयो,’ यति भन्दा उनको गला अवरूद्ध भएको थियो।

- ADVERTISEMENT -

Advertisement

श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे। बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो। परिवारको सहारा टुट्यो। छिमेकीको भरोसा ढल्यो।

- ADVERTISEMENT -

Advertisement

‘उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ। गाउँमा बस्ने अवस्था रहेन। त्यसैमाथि घर पनि भत्कियो। अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ सर्‍यौं। अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ, ‘ उनले भनिन्।

- ADVERTISEMENT -

Advertisement

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उनलाई पेटको भोकभन्दा भविष्यको चिन्ता फिक्का लाग्यो। त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्ना बताउँछिन्।

‘गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ। पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो। आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन। त्यसैले उब्जनी हुँदैन,’ उनले भनिन्। 

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -