संसदमा अवरोध कायम रहन्छ: प्रचण्ड

September 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असोज ५-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

- ADVERTISEMENT -

Advertisement

शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताएका हुन्।

- ADVERTISEMENT -

Advertisement

‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो। हामी सदन अवरोधको स्थितिमा छौं। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौं। हामी छोड्दैनौं,’ उनले भने, ‘प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिनपर्‍यो।’

- ADVERTISEMENT -

Advertisement

यद्यपि संघीय संसदको चालु अधिवेशन अन्त्य भइसकेको छ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष प्रचण्डले संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार त्यही सम्झौता गर्नेहरूलाई नभएको बताए। यही कुरा संसदमा जबरजस्त ढंगल उठाइएको उनले बताए।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा संख्यामा कमजोर भनेर हेप्न खोजिएको तर विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा गरिएको व्यवस्थाका कारण माओवादी कमजोर नभएको बताए।

‘हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन। सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -