राज्य कमजोर हुँदा रमाउनेहरुबाट समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असोज ४- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्।

शुक्रवार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताए। उहाँले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताए।

- ADVERTISEMENT -

Advertisement

उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गर्नुभयो। उहाँले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको बताए। सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताए। तीन तहको सरकार बीचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले काम गरिरहेको बताए।

- ADVERTISEMENT -

Advertisement

उद्योगमन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरुसँग सम्बन्धित छलफल गरी मन्त्रायल सुधार कार्ययोजना बनाइएको बताए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -