गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

September 20, 2024
(240916) -- GAZA, Sept. 16, 2024 (Xinhua) -- People inspect a destroyed building in the Nuseirat refugee camp, central Gaza Strip, on Sept. 16, 2024. Palestinian security sources told Xinhua on Monday that Israeli aircraft targeted a house in the Nuseirat refugee camp in the central Gaza Strip, killing at least 10. (Photo by Marwan Dawood/Xinhua)
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाजा, असोज ४ गते- गाजापट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायलले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।

इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

लडाकु विमानहरूले उत्तरी गाजापट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गरेका गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

आक्रमयाले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहत भएको उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

खान युनिसको अल–कारारा सहरमा इजरायली हमलामा थप दुई प्यालेिस्टनीको मत्यु भएको तथा मध्य गाजा पट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको  आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । 

बिहीबार बिहानदेखि रातीसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा  गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ  ।

यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेषमुनि दबिएका वा सडकमा बेबारिसे अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् । रासस/क्युएनए

- ADVERTISEMENT -
- ADVERTISEMENT -