नवलपुर, असोज ४- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज बिहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला परेको हो ।
- ADVERTISEMENT -

हाल नाम थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
