नवलपरासी, असोज ४– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादैँ गरेको लु २ ख ५१३७ नं को भुस बोकेको ट्रकमा आज बिहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगजनी भएको हो ।
- ADVERTISEMENT -

गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागबाट आगो सल्कँदा ट्रकको भुस समेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ ।
- ADVERTISEMENT -

बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
