दूरसञ्चार प्राधिकरणको तथ्याङ्क: आधा वर्षमा ४ लाख घरबाट टुट्यो इन्टरनेट कनेक्सन

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असोज ४- ग्राहकले इन्टरनेट चलाउन छोडेको नभई तथ्याङ्कमा रहेको त्रुटि सच्याउँदा ग्राहक सङ्ख्या र बजार समीकरणमा ठुलो अन्तर देखिएको प्राधिकरण स्रोतले बताएको छ । त्यसो त नेपालको इन्टरनेट तथ्याङ्क विश्वसनीय नरहेको सम्बन्धमा टेकपानाले करिब चार वर्ष अघिदेखि नै समाचार लेख्दै आएको छ । एप्निकको तथ्याङ्कको आधारमा हेर्दा नेपालमा कुनै इन्टरनेट प्रदायकको एउटा कनेक्सनमा दुई ओटा डिभाइस समेत नचल्ने देखिएको थियो । 

कतिपय सेवा प्रदायकले बजारमा आफूलाई अघि देखाउन नभएका ग्राहक समेत तथ्याङ्कमा देखाउने गरेको तथ्य यसअघि प्राधिकरणकै अध्ययनले समेत देखाएको थियो । 

- ADVERTISEMENT -

Advertisement

“यसअघि सेवा प्रदायक कम्पनीहरूले नयाँ ग्राहकलाई थप्ने, तर छोडिसकेका वा नवीकरण नगर्ने ग्राहकलाई भने नहटाउने गरेका रहेछन् । यसबाट कुनै कुनै सेवा प्रदायकको ग्राहक सङ्ख्या वास्तविक भन्दा अस्वाभाविक रूपमा धेरै देखिएको थियो,” प्राधिकरणका एक अधिकारीले भने, “तर अहिले सेवा प्रदायकहरूबाट कडाइका साथ सक्रिय ग्राहक सङ्ख्या मात्रै सङ्कलन गर्न थालिएको छ । यसले गर्दा साना देखिएका सेवा प्रदायक केही ठुला र निकै  ठुला देखिएका सेवा प्रदायक केही साना देखिएका छन् ।”   

- ADVERTISEMENT -

Advertisement

यसैगरी एक लाख नौ हजार १६४ ग्राहक गुमाएको ब्रोडलिंक दोस्रो र एक लाख पाँच हजार ४८९ ग्राहक गुमाएको भायानेट तेस्रोमा छ । त्यसपछि धेरै ग्राहक गुमाउनेमा क्रमशः टेकमाइन्ड्स (-६८,०३६) चौथो, सुबिसु (-४२,५५७) पाँचौं र डिशमिडिया (-३०,९७८) छैटौं स्थानमा रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -