१९७४ एडीले पहिलोपटक आईसीसी सिड्नी थिएटरमा प्रस्तुति दिँदै

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ –चर्चित ब्यान्ड ‘१९७४ एडी’ यतिखेर स्थापनाको तीस वर्षको उपलक्ष्यमा सांगीतिक विश्वभर सांगीतिक यात्रा गरिरहेको छ। जर्मनी र युकेमा प्रस्तुती दिएपछि ब्याण्ड यति बेला अष्ट्रेलियाका विभिन्न सहरहरूमा कन्सर्ट गरिरहेको छ।

ब्रिसबेन, पर्थ, मेलबर्न, एडिलेड, होबर्ट र क्यानबेरामा कन्सर्ट भइसकेका छन्। 

- ADVERTISEMENT -

Advertisement

ती सबै यात्रामा फ्यानहरूलाई भेट्नु उनीहरूलाई विशेष थियो नै, तर यसपल्ट सिड्नीमा हुन लागिरहेको कन्सर्ट १९७४ एडीको लागि मात्र नभएर समग्र नेपाली संगीतकै लागि ऐतिहासिक हुँदैछ।

- ADVERTISEMENT -

Advertisement

ब्यान्डले सेप्टेम्बर २१ मा  बजाउन लागेको ठाउँ आइसिसी सिड्नी थिएटरमा पहिलोपल्ट नेपाली साङ्गीतिक ब्याण्डले प्रस्तुति दिन लागेको हो। करिब ९ हजार दर्शक क्षमताको भए पनि उक्त हलको आधा मात्र लिएको आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टले जनाएको छ। 

- ADVERTISEMENT -

Advertisement

उनीहरूका अनुसार ब्यान्डको प्रस्तुति दौरान थिएटरमा ५५०० दर्शक हुनेछन् । सिड्नीको प्रस्तुतिलाई लिएर आफूहरू उत्साहित रहेको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकर याक्थुम्बाले बताए। 

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘यसपटक ३०औँ स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुति दिने प्रयास गर्नेछौँ। कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आइसिसीमा प्रस्तुति दिनु पाउनु आफ्नो लागि ठुलो अवसर र मौका हो।’

सिड्नीमा भएको कन्सर्टसँगै अष्ट्रेलिया यात्राको मैझारो हुने ब्याण्डले जनाएको छ। ब्यान्डको यसपटकको अष्ट्रेलिया कन्सर्टमा नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क दर्शक भएर सहभागी भइरहेकी छन्।

सेप्टेम्बर १९ मा क्यानबेरामा भएको कन्सर्टमा त उनी स्टेजमा चढेर नेपालको झण्डा फरफराइरहेकी थिइन्। उनले १९७४ एडीको टिसर्ट पनि लगाएकी थिइन्। 

उनी स्टेजमा चढ्नु केवल संयोग मात्र हैन। उनले ब्यान्डको पछिल्लो एउटा गीतमा स्वर पनि दिएकी छन्।

‘दिलले हैन जातले’ बोलको त्यो गीतको कोरस खण्डमा उनको स्वर सुन्न पाइन्छ। उक्त गीत आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी भए पनि ब्याण्डले प्रस्तुतिहरूमा भने गाउने गरेको छ। 

यसअघि जर्मनी र युकेमा भएको कन्सर्ट एकदमै सफल भएको थियो। ३१ अगस्टमा युकेमा भएको लाउड आउट म्युजिक फेस्टिभलमा त ६ हजार भन्दा धेरै नेपालीहरू आएका थिए। 

बर्तिका एम राई, जोन एण्ड द लोकल्स, अनि वाङ्देन शेर्पा, सहित सहभागी भएको त्यो कन्सर्टको अन्तिममा सबैले ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर १९७४ एडीलाई ३० औँ वर्षगाँठको लागि शुभकामना दिएका थिए। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -