राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव अघि बढाउने प्रचण्डको चाहना

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असोज ४- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् ।

जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट बचाउन यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताए । प्रचण्डले पञ्चायतकालमै तत्कालीन राजा वीरेन्द्रले गरेको शान्ति क्षेत्रसम्बन्धी प्रस्तावलाई पनि स्मरण गरे । तत्कालीन राजनीतिक परिस्थितिका कारण यसबारे पक्ष-विपक्षमा मत भए पनि अब एकमत हुन सक्ने अवस्था रहेको उनले उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’, उनले भने, ‘अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा खुला छलफल गर्ने पक्षमा छु, हामी पार्टीबाटै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।’

- ADVERTISEMENT -

Advertisement

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यहीँबाट एउटा प्रस्तावको रुपमा लैजान सकिने पनि उनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गरे ।

यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको उनले बताए । दाहालले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग रहने प्रतिबद्धता जनाए ।

राजा वीरेन्द्रले गरेका थिए शान्ति क्षेत्र प्रस्ताव ?

नेपालमा शान्ति क्षेत्रको प्रस्तावको चर्चा अहिले मात्रै भएको हो । १० वर्षे सशस्त्र संघर्ष गरेर आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति क्षेत्रको वकालत गरिरहँदा ५१ वर्षअघि नै तत्कालीन राजा वीरेन्द्रले यो कुरालाई विश्वमञ्चमा लगेका थिए ।

सन् २०३० मा अल्जेरियामा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले शान्ति क्षेत्र प्रस्तावको अवधारणा पहिलो पटक सार्वजनिक गरेका थिए ।

सम्मेलनमा राजा वीरेन्द्रले विश्वका दुई ठूला देशहरू चीन र भातरबीच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने इच्छा राखेको उल्लेख गरेका थिए ।

राजा वीरेन्द्रले सन् २०२९ मा जनवरीमा रागद्दी सम्हालेका थिए । त्यसपछि अल्जेरियामा आयोजित असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिँदै उनले उक्त कुरा राखेका थिए । सम्मेलन लगत्तै उनी भारत भ्रमणमा निस्केका थिए ।

राजा वीरेन्द्रले सन् भारतपछि चीनको भ्रमण पनि गरेका थिए । उक्त भ्रमणपछि सन् २०३२ फागुनमा आफ्नो राज्याभिषेक समापनमा विभिन्न देशका पाहुनामाझ उनले औपचारिक रूपमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने प्रस्ताव गरेका थिए ।

राजा वीरेन्द्रले राजनीतिक रूपमा स्थिर नेपालका लागि शान्ति चाहिने आवश्यक रहेको बताउँदै त्यसका लागि असंलग्न विदेश नीति अंगिकार गर्ने बताएका थिए ।

राजा वीरेन्द्रको प्रस्तावमा अमेरिका, चीन, पाकिस्तान, फ्रान्स र बेलायतसहित ११६ धेरै देशले समर्थन जनाए । तर छिमेकी भारत विरोधमा उभियो ।

राजा वीरेन्द्रको प्रस्तावअनुसार नेपालको तत्कालीन संविधानमा पनि उक्त कुरा समेटियो । नेपालको उक्त प्रस्तावलाई उत्तरी छिमेकी चीनले सबैभन्दा पहिले समर्थन जनाएको थियो ।

वीरेन्द्र सन् २०४० सालमा अमेरिका जाँदा राष्ट्रपति रोनल्ड रेगनले उनको प्रस्तावमा समर्थन जनाएका थिए। प्रस्तावलाई मूर्त रुप दिन रेगनले छिमेकी देशहरूसँग मिलेर काम गर्न पनि सुझाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -