लायन्स क्लवद्धारा ५० पिन्ट भन्दा बढी रगत संकलन

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असोज ४ – ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदानको आव्हानमा हरहर महादेव साकोस, लायन्स क्लव अफ काठमाडौँ अटो सोसियल फ्रेण्ड्स र लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्चको  समन्वयमा साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवाको प्राविधिक सहयोगमा कागेश्वरी मनहरा ७ स्थित एकलव्य शिक्षा सदनको प्रागंणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा डिष्ट्रिक चिफ एड्भाईजर कुश प्रसाद मल्ली, रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठ, डिष्ट्रिक चिफ बागमतीका रक्तदान संयोजक मित्र प्रसाद शर्मा, अध्यक्ष रुद्र प्रसाद दाहाल, लायन्स क्लव अफ काठमाडौँ अटो सोसियल फ्रेण्ड्सका अध्यक्ष, बिकल श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुका साथैं लायन सदस्यहरुको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ भने १६ जनाले स्वास्थ्यको कारण रक्तदान गर्न सकेनन् ।

- ADVERTISEMENT -

Advertisement

रक्तदान गर्न आएका सबै रक्तदाताहरु साथै आयोजक र साथ सहयोग गर्नेे सम्पुर्णमा सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठ हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिए ।लायन्स क्लव अफ काठमाडौँ अटो सोसियल फ्रेण्ड्सका संस्थापक अध्यक्ष, डिष्ट्रिकका रिजन चियरपर्सन लायन रोशनकुमार श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरु निरन्तर गर्ने जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -