अमेरिकी चुनाव: बढी मत प्राप्त गरेपनि बिजयी हुँदैन , कसरि हुदै छ त चुनाब ?

September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका- अमेरिकी नागरिकले आगामी नोभेम्बरमा आफ्नो अर्को राष्ट्रपति चयन गर्न मतदान गर्नेछन् । अमेरिकाको चुनावलाई सारा विश्वले हेरिरहेको छ । राष्ट्रपतिसँगै अमेरिकी नागरिकले पनि कुनै पनि विधेयक वा कानून पारित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कांग्रेसका नयाँ सदस्यहरू चयन गर्न पनि मतदान गर्नेछन् । यी कानूनहरूले अमेरिकी नागरिकको जीवनमा गहिरो प्रभाव पार्न सक्छ । यहाँ अमेरिकी चुनावबारे केही सवाल र तिनको जवाफ खोज्ने प्रयास गरिएको छ । 

१)​ निर्वाचन कहिले हुन्छ ?
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५, २०२४ मा हुनेछ । चुनाव जित्ने उम्मेदवारले आगामी चार वर्ष ह्वाइट हाउसमा सेवा गर्नेछन् । यो कार्यकाल जनवरी २०२५ देखि शुरू हुनेछ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी राष्ट्रपतिलाई आफैंले केही कानून पारित गर्ने अधिकार छ, तर अधिकांश कानून संसद्‌को सहयोगमा पारित गर्नुपर्छ । अमेरिकी राष्ट्रपतिलाई विश्वव्यापी मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने र विदेश नीति तय गर्ने धेरै स्वतन्त्रता छ ।

- ADVERTISEMENT -

Advertisement

२) उम्मेदवार को–को छन् र कसरी छानिएका हुन् ?
अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन् । यसका लागि यी दलहरूले राज्य प्राइमरी चुनाव आयोजना गर्छन्, जसमा जनताले आम चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्ने नेताहरू छान्छन् ।

- ADVERTISEMENT -

Advertisement

रिपब्लिकन पार्टीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि ठूलो अग्रता लिएर आफ्नो पार्टीको समर्थन जितेका छन् । मिलवाउकी, विस्कन्सिनमा सम्पन्न पार्टी अधिवेशनमा उनी रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति जो बाइडेनले राजीनामा दिएपछि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन् । बाइडेन बाहिरिएपछि कमला ह्यारिसको उम्मेदवारीलाई अरू कुनै पनि डेमोक्र्याटले चुनौती दिएनन् । यी बाहेक केही स्वतन्त्र उम्मेदवार पनि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए । यी मध्ये सबैभन्दा प्रमुख पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जूनियर थिए। तर अगस्टको अन्त्यमा उनले आफ्नो चुनावी अभियान समाप्त गरे र डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन्।

३)​ डेमोक्रेटिक र रिपब्लिकन पार्टीको अडान के छ?
डेमोक्रेटिक पार्टी अफ अमेरिका एक उदार राजनीतिक पार्टी हो, जसको एजेन्डा मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दाहरूलाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने हो । रिपब्लिकन पार्टी अमेरिकाको कन्जरभेटिभ पार्टी हो । यसलाई ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ । यो पार्टी कर घटाउने, सरकारको आकार घटाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ ।

४)​ राष्ट्रपतीय निर्वाचन कसरी हुन्छ ?
अमेरिकी राष्ट्रपतिको चुनावमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन । यसको सट्टा दुवै दलका उम्मेदवारले सबै ५० राज्यमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ ।

प्रत्येक राज्यमा निर्वाचक कलेजहरूको निश्चित संख्या छ, आंशिक रूपमा जनसंख्यामा आधारित । यसरी ५३८ इलेक्टोरल कलेज छन् । यी मध्ये २७० वा बढी जित्ने मात्र विजेता हुन्छ । दुईबाहेक सबै राज्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारलाई इलेक्टोरल कलेजमा सबै मत दिइन्छ ।

धेरैजसो राज्यहरू कुनै न कुनै पार्टीतर्फ झुकेका छन् । त्यसकारण उम्मेदवारहरूले आफ्नो ध्यान लगभग एक दर्जन राज्यहरूमा केन्द्रित गर्छन् जहाँ उनीहरूले जित्ने सम्भावना हुन्छ । यिनलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।

राष्ट्रिय स्तरमा उम्मेदवारले अधिकतम मत प्राप्त गर्न सक्छ। जस्तै हिलारी क्लिन्टनले २०१६ मा राष्ट्रिय स्तरमा सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् । तर, उनी इलेक्टोरल कलेजको चुनावमा हारेकी थिइन् ।

५)​ चुनावमा कसले भोट दिन सक्छन् ?
अमेरिकी निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिकले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन् । नर्थ डकोटाबाहेक सबै राज्यहरूमा मतदाताहरूले मतदान गर्नुअघि दर्ता गर्नुपर्छ । प्रत्येक राज्यको आफ्नै प्रक्रिया र मतदाता दर्ताको समयसीमा हुन्छ ।

विदेशमा बस्ने अमेरिकी नागरिकहरूले पनि मतदान गर्न दर्ता गर्न सक्छन् । तिनीहरूले संघीय पोष्ट कार्ड आवेदन भरेर हुलाक मतपत्रको लागि सोध्न सक्छन् ।

६)​ अरू निर्वाचन कसरी हुन्छ ?
अहिले विश्वभरका मानिसको ध्यान अमेरिकाको राष्ट्रपतिमा को निर्वाचित हुनेमा छ । तर राष्ट्रपतिबाहेक अमेरिकी मतदाताले अमेरिकी कांग्रेसका सदस्यहरू पनि चयन गर्नेछन्। यो काङ्ग्रेस अर्थात् संसद्‌मा कानून पारित हुन्छ ।

अमेरिकी संसदमा दुई सदन छन्- प्रतिनिधि सभाका सबै ४३५ सिटका लागि चुनाव हुँदैछ। सिनेटको लागि ३४ सिटका लागि चुनाव हुँदैछ।

अहिले संसद्‌मा रिपब्लिकन पार्टीको बहुमत छ । जबकि सिनेटमा डेमोक्रेटको नियन्त्रण छ । सिनेटमा महत्वपूर्ण सरकारी नियुक्तिहरूमा मतदान हुन्छ ।

७) कसले जित्यो कहिले थाहा हुन्छ ?
सामान्यतया भोटिङको रातमा विजेता घोषणा गरिन्छ तर २०२० मा भोट गणना गर्न केही दिन लाग्थ्यो । नयाँ राष्ट्रपति निर्वाचित भएमा निर्वाचनपछिको केही अवधिलाई संक्रमणकाल भनिन्छ । यस अवधिमा नयाँ प्रशासनलाई क्याबिनेट मन्त्री नियुक्त गर्न र नयाँ कार्यकालको योजना बनाउन समय दिइएको छ । बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -